
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अफगानिस्तान भिड्नेछन् ।
खेल दिउँसो सवा दुई बजे भारतको दिल्लीमा सुरु हुनेछ । इंग्ल्याण्ड तिन खेलमा दोस्रो जितको खोजीमा छ भने अफ्गानिस्तान पहिलो जितको खोजीमा छ । अफ्गानिस्तानलाई सुरुवाती दुई खेलमा बंगलादेश र भारतले हराएका हुन् । इंग्ल्याण्ड भने पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित हुँदा दोस्रो खेलमा बंगलादेशलाई हराएको हो ।
विश्वकप क्रिकेटअन्तर्गत हिजो भएको खेलमा पाकिस्तानलाई हराउँदै आयोजक भारत अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गुजरातको अहमदाबादस्थि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा भारतले पकिस्तानलाई ७ विकेटले हराएको हो । जितसँगै भारतले तिन खेलबाट ६ अंक जोड्यो ।
समान ६ अंक जोडेको न्युजिल्याण्ड नेट रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्