३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा आदिवासी जनमत संग्रह असफल भएको स्वीकार


1.001k
Shares

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले संसदमा आदिवासी आवाज सम्बन्धी देशको ऐतिहासिक जनमत संग्रहमा पराजय स्वीकार गर्नुभएको छ ।

मतदान बन्द भएको केही घण्टापति शनिवार राति राष्ट्रिय राजधानी क्यानबेरामा बोल्दै अल्बानिजले अस्ट्रेलियालीहरुको बहुमतले संघीय संसदमा आदिवासी सल्लाहकार निकाय स्थापना गर्न संविधान परिवर्तनको बिरुद्ध मतदान गरेको बताउनु भयो । अस्ट्रेलियाली इतिहासमा भएका ४४ जनमत संग्रहमध्ये ८ ले मात्रै दोहोरो बहुमत प्राप्त गरेका थिए ।