Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


मनाङ एयरका पाइलटलाई उपचारका लागि लगियो भारत


1.7k
Shares

काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

हिजो शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । उनलाई थप उपचारकालागि आज मेडिकल एस्कर्टिङसहित मुम्बई लगिएको हो । सेढाईंलाई चार्टर्ड उडानमार्फत् मुम्बईको नेशनल बर्न सेन्टरमा लगिएको जनाइएको छ । हिजो बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो ।

लेक लागेका आरोहीलाई लिन पाइलट सेढाईं एक्लै गएका थिए । यता, लगातार दुर्घटनामा परेसंगै मनाङ एयरलाई हेलिकोप्टर उडानमा रोक लगाइएको छ । तीन महिनाको बीचमा दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन गरेको छ ।