
काठमाडौं । पाकिस्तानलाई हराउँदै आयोजक भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ ।
गुजरातको अहमदाबादस्थि नरेन्द्र मोदी रंगशालामा हिजो भएको खेलमा भारतले पकिस्तानलाई ७ विकेटले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन तथा मोहम्मद रिजवानले ४९ रन जोडे ।
भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए । जवाफमा एक सय ९२ रनको लक्ष्य भारतले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो। भारतका लागि कप्तान रोहित शर्माले ८६ रनको शानदार इनिङ्स खेले । यसैगरि श्रेयस एयरले अविजित ५३ रन बनाए ।
पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए । यो जितसँगै भारतले तिन खेलबाट ६ अंक जोड्दै तालिकामा शिर्ष स्थान ओगटेको छ । समान ६ अंक जोडेको न्युजिल्याण्ड नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । विश्व्कप क्रिकेटमा आज इंग्ल्याण्ड र अफ्गानिस्तान भिड्नेछन् । इंग्ल्याण्ड तिन खेलमा दोस्रो जितको खोजीमा छ भने अफ्गानिस्तान पहिलो जितको खोजीमा छ ।
प्रतिक्रिया दिनुहोस्