 
	    सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमालेको जगमा नियुक्त हुनु भएकाले इमान्दार भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
महासचिव पोखरेलले आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा भएको पत्रकार सम्मेलनमा कोशी प्रदेशको मुख्यमन्त्री गठबन्धनतर्फ फर्कनु भएन भने नेकपा एमालेको निरन्तर साथ सहयोग रहने समेत बताउनुभयो ।
उहाँले केन्द्रीय सरकारमा एमालेलाई जान कुनै हतारो नभएको बरु आफ्नो पार्टी मिसन ८४ को अभियानमा जुटेको बताउनुभयो ।
कार्यक्रममा महासचिव पोखरेलले नेपालको गुमेको भूभाग र नयाँ नक्सा प्रकाशन गरेको क्षेत्रमा भारतीय प्रधानमन्त्री प्रवेश गर्नु उचित नभएको समेत बताउनुभयो ।
 


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्