Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


विश्वकप क्रिकेटमा आज बंगलादेश र न्युजिल्याण्ड भिड्ने


780
Shares

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार बंगलादेश र न्युजिल्याण्ड भिड्नेछन् ।

भारतको चेन्नाईमा दिउँसो सवा दुई बजे यो खेल सुरु हुनेछ । जारी विश्वकपमा लगातार दुई खेल जितेको न्युजिल्याण्ड शुक्रबार तेस्रो जितको खोजीमा छ । सुरुवाती दुइमध्ये एक खेलमा जित र एकमा हार व्यहोरेको बंगलादेश भने शुक्रबार दोस्रो जित निकाल्न चाहन्छ ।

विश्वकप क्रिकेटमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको छ । लखनउस्थित एकान क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमै समेटियो । जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा ४ अंक जोडेको छ । दुवै खेलमा पराजित अस्ट्रेलिया अंकविहिन छ ।

एक दिवसिय क्रिकेट विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाको जारी प्रतियोगितामा भने यो लगातार दोसो हार हो । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, भारत र पाकिस्तानले लगातार दुई खेल जितेका छन् ।

Skip This