Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


इलाममा सेनाद्वारा डेमो अभ्यास


91
Shares

इलाम । इलाममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीले बिपद् ब्यवस्थापन सम्बन्धी सिमुलेशन अभ्यास गरेकाछन् ।

आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार, घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचारसँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन सम्बन्धी डेमो अभ्यास जिल्लामा विभिन्न समयमा हुने विपद्बाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप गरीएको हो । बिभिन्न घटना अभ्यासका लागि एम्बुलेन्स, आगो निभाउन प्रयोग गरिने दमकल तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु बिद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयलाई समेत सहभागि गराईएको थियो ।