Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन : सांसद केसी


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा बिचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताउनु भयो ।

उहाँले अन्तर्जातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताउनु भयो । उहाँले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने बताउनु भयो । सांसद केसीले अराजकताको बिरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताउनुभयो ।

उहाँले महंगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Skip This