Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै


3.9k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार हुँदैछ ।

असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।