११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यामाहाको रे जेडआर ‘स्ट्रिट र्‍याली’ बजारमा


0
Shares

काठमाडौं, भदौ २५ । यामाहाको रे जेडआर ‘स्ट्रिट र्‍याली’ स्थानीय बजारमा भित्रिएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एम डब्लु इन्टरप्राइजेजले नेपाली बजारमा रे जेडआर स्कुटर सेरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ सार्वजनिक गरेको हो ।

‘स्ट्रिट र्‍याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडलहरुबाट प्रभावित रहेको जनाइएको छ ।

सोमबार काठमाडौंमा गरिएको बजार प्रवेश कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेज टु ह्वीलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले पावर र स्टाइलको उत्कृष्ट समिश्रण रहेको अत्याधुनिक प्रविधियुक्त यो मोडलले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।

यसको प्रतिबजार मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।