१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा फुयाँल निर्वाचित


0
Shares

काठमाडौं, भदौ २५ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णकुमार फुयाँल विजयी भएका छन् ।

एसोसिएसनको काठमाडौंमा सम्पन्न १७औं साधारणसभाले फुयाँलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा उत्तम अधिकारी, उपाध्यक्षहरुमा नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोककुमार श्रेष्ठ (राजन) विजयी भएका छन् ।

यसैगरी, महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋषिराज घिमिरे, कोषाध्यक्षमा दीपेन्द्र थापा निर्वाचित भएको संघले जनाएको छ ।