काठमाडौं, भदौ २५ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से र कारोबार दुवैमा गिरावट आयो । नेप्से ८ अंकले ओरालो लागेर १२ सय १० मा आएर थामियो ।
उत्पादनमूलक र लघुवित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ५८ अंकले झर्यो ।
होटल समूहमा ४५ अंक तथा जीवनबिमा समूहमा पनि २० अंकको गिरावट आयो । जलविद्युत् र विकास बैंक समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् ।
उत्पादनमूलक समूह २४ अंक अनि लघुवित्त समूह भने १३ अंकले उकालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ११ लाख ६० हजार बराबर कित्ता सेयर २७ करोड ७५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्