२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१९ औँ एसियाली खेलकुदमा नेपाललाई दोस्रो सफलता


11.674k
Shares

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कराँतेमा नेपालले रजत पदक प्राप्त गरेको छ ।

नेपालकी एरिका गुरुङले कराँतेतर्फ ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी हुन् ।

फाइनलमा जित निकाल्दै नेपालका लागि एसियन गेम्समा ऐतिहासिक स्वर्ण पदक हासिल गर्ने अवसर रहे पनि काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित भएपछि एरिका रजत पदकमा सिमित भइन् ।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै फाइनलमा पुगेकी एरिकाले कराते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् । योसँगै १९औँ एसियाली खेलकुदमा नेपालको पदक संख्या दुई भएको छ । यसअघि महिला कबड्डीमा कास्य पदक प्राप्त भएको थियो ।