
काठमाडौं । चेतन मानन्धरको हत्याका दोषी योगराज ढकाल रिगललाई आममाफी दिएको विरोधमा काठमाडौंमा अनसनरत् चेतनकी पत्नी भारती शेर्पाको समर्थन गर्न पुगेका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीको अनसनमा समर्थन जनाउन माइतीघर मण्डला पुगेका युवाहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सोम शर्मा, यादव सिंह, उद्धव वस्नेत, जेनीशा बोहरा र असनमा बसेका आषिस मल्ल रहेका छन् । उनीहरुलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्