Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


कबड्डीमा नेपाललाई कास्य पदक


2.6k
Shares

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ ।

योसँगै नेपाल कास्य पदकमा सीमित हुनु परेको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । पहिलो हाफमा भारत २९–१० ले अगाडि रहेको थियो ।

एसियाली खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।