
एजेन्सी । इटलीको भेनिसमा पर्यटक बोकेको बस दुर्घटनाका मृतकका अझै पनि सनाखत हुन सकेको छैन ।
दुर्घटनाको २४ घण्टा वित्दासमेत सनाखत हुन नसकेसंगै डीएनए परिक्षण गरिने भएको छ । हिजो भेनिसमा पर्यटक बोकेको बस पुलबाट खस्दा २१ जनाको मृत्यु भएको थियो ।
बस पुलबाट खस्दैगर्दा विजुलीको तारमा क्रस भएर आगलागी हुँदा भयानक घटना घट्न पुगेको थियो । बसमा ३९ पर्यटक सवार थिए । घाइते १५ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्