१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू आज बिहानदेखि आंशिक रूपमा हट्यो


611
Shares

काठमाडौं । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहिबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जनाएको छ । राति ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्य जारी नै रहने जनाइएको छ । बिहान ८ बजेदेखि राति ८ बजेसम्म उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न नपाइने प्रशासन जनाएको छ ।

हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न आग्रहसमेत गर्नुभएको छ ।