२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक


0
Shares

काठमाडौं, भदौ २५ । राष्ट्रिय मानवअधिकार आयोगले मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०१८ सोमबार सार्वजनिक गरेको छ ।

आयोगले विभिन्न तरिकाबाट भइरहेको मानव तस्करीलाई रोकथाम गर्न सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्नेक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचविखन नियन्त्रण गर्न प्रहरीले भरमग्दुर प्रयास गरिरहेको र भारतबाटमात्र ९०० जना चेलिबेटीको उद्धार गरिएको जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाल प्रहरीले गर्ने जतिपनि अभियोजनलाई तदारुकताका साथ अघि बढाउनुपर्ने भन्दै त्यसपछिमात्रै मानव बेचविखनलाई नियन्त्रण गर्नसकिने बताइन् ।

आयोगले मानव बेचविखन नियन्त्रणका लागि चाल्नुपर्ने कदमहरुलाई बुँदागतरुपमा सरकारलाई सुझाव दिएको छ ।