
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर नबस्न सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गर्नु भएको छ ।
जनकपुरधाममा बुधबार बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री बन्ने पालो ढुकेर बस्ने नभई यही सरकारलाई सघाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको उहाँको भनाई थियो । जनमुखि काम गर्नकोलागि सहयोगसँगै गठबन्धनले दबाव दिनुपर्ने पनि उहाँले बताउनुभयो । अहिले जुन सरकार छ त्यही सरकारलाई अगाडि बढाउने भन्दै नेपालले को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने समय नभएको प्रष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले कहिले मौका आउँछ भनेर ढुकेर बस्ने होइन, यहि सरकारलाई सक्दो सहयोग गर्ने भन्दै सरकारलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत यहि सरकारलाई अघि बढाउने पक्षमा रहेकाले यो सरकारको खुट्टा तान्न नहुने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्