
काठमाडौं । केहि दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य अंकको सुधार आएको छ ।
आइतबार घटेको बजार सोमबार भने ५ अंकले उकालो लागेर १९ सय ७६ बिन्दुमा पुगेको छ । कारोबार पौने दुई अर्ब नजिक भएको नेप्सेले जनाएको छ ।
होटल तथा पर्यटन समूह करिब १ प्रतिशत र उत्पादन समूह सामान्य अंकले रातो रहे बाहेक अरु समूह सामान्य अंकले उकालो लागेका छन् ।
सोमबार बजारमा विकास बैंक र सामूहिक लगानी कोष समूहमा १ प्रतिशत बढीको सुधार आयो । सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १० प्रतिशत बराबर कमाएका छन् ।
२ सय ८६ कम्पनीको ५७ लाख बढी कित्ता शेयर १ अर्ब ७३ करोड बढीमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । सोमबार १ सय ६३ कम्पनीको मूल्य बढ्दा ६४ वटा कम्पनीको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्