काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरुले जलहरी राख्ने क्रममा १ किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको ठहर गरेको हो ।
अख्तियारले तत्कालीन कोषाध्यक्ष समेत रहनुभएका हालका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी रमेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्