Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ


104
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि सोच्नुपर्ने बताउनुभयो । गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सहज ढंगले यातायातलाई सञ्चालन गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले महानगरपालिका, ट्राफिक प्रहरी, नगरपालिकाहरु, यातायात व्यवस्था विभाग सबै निकाय मिलेर एकीकृत योजना बनाएर अघि बढेमात्रै यातायात क्षेत्रको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

उहाँले ट्राफिक व्यवस्थापन राम्रो गर्न नसके आम जनताको शान्ति सुरक्षा र सुव्यवस्थामा पनि असर गर्ने बताउनुभयो । उपप्रधानमन्त्रीसमेत रहनुभएका श्रेष्ठले पछिल्लो १० वर्षमा सशस्त्र द्वन्द्वको समयको भन्दा बढी मानिसको सडक दुर्घटनाका कारण मृत्यु भएको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सार्वजनिक यातायात नबढाएसम्म सडकको स्थिति राम्रो भएपनि धान्न नसक्ने बताउनुभयो ।

Skip This