
काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य र पैदल यात्रीको सुविधाका लागि सडकपेटीमा गरिँदै आएका व्यापार व्यवासाय हटाउने क्रममा ज्यादति गरेको भन्दै विरोध भइरहेको छ । यही क्रममा थपिएको छ ई समूह । ई-समूह अर्थात इशान श्रेष्ठको विरोध जारी रहँदा यो विषय थप जटिल बन्दै गएको छ ।
काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्य, सभ्यता र पैदलयात्रीको सुविधाका लागि चालेको अभियानमा आमरुपमा समर्थन रहेको पाइन्छ । तर, त्यसक्रममा नगर प्रहरीबाट भएका ज्यादतीको भने सर्वत्र आलोचना हुने गरेको छ । साना व्यवसायीहलाई विना विकल्प ज्यादतीपूर्ण किसिमले हटाइएकोमा उनीहरुको त विरोध छ नै, त्यसमा थपिएका छन् इशान श्रेष्ठ अर्थात ई-समूह ।
साना व्यापार व्ययवसायका लागि निश्चित स्थान तोक्नुपर्र्नेे मागसहित यही असोज २ गतेदेखि निरन्तर रुपमा मौन विरोध गर्दै काठमाडौं महानगरपालिको कार्यालय राष्ट्रिय सभागृह अघि उभिएका ईनफ इज इनज ई का सदस्य इसान श्रेष्ठको माग सुनुवाई गर्न काठमाडौं महानगरपालिका र उनका प्रतिनिधिबीच मंगलबार वार्ता पनि भयो । तर, निष्कर्षमा पुग्न सकेन ।
वार्ता बिना निष्कर्ष टुंगिएपछि महानगरपालिकाको कार्यालय अगाडि विरोध गर्दै आएका साना व्यवसायीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । सडकमै सुतेर विरोध गरेका उनीहरु बुधबार नगर प्रहरीका प्रतिनिधी धर्नास्थल पुग्ने बितिकै थप आक्रोशित बनेका थिए ।
सुन्दर शहर बनाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फुटपाथमा व्यापार व्यवसाय गर्नेहरुको सामान जफत गरी लिलामी गरेपछि गरी खान पाउँ भन्ने उनीहरुको मागमा साथ दिर्दै विरोधमा उभिएका इसान श्रेष्ठको टोलीसँग भएको वार्तामा केही बुँदामा कुरा नमिल्दा वार्ता बिना निष्कर्ष टुंगिएको काठमाडौ महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले बताउनुभयो ।
इसान श्रेष्ठको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आफूहरुले राखेको केही बुँदामा लचिलो भएता पनि महानगरले असमति जनाएपछि वार्ताले सार्थकता नपाएको भनइ ई समूहको छ । ४ वटा बुँदामध्ये ३ वटा बुँदामा सहमति भएको ई समूहका सदस्य राज महर्जनले बताउनुभयो ।
घाम र पानीको वेवास्ता गरी दिन रात उभिएर साना व्यवसायीहरुको समर्थनमा मौन विरोध गरिरहेका इसान श्रेष्ठ भने व्यवसायीहरुको मागको उचित सम्बोधन नभएसम्म विरोध जारी नै रहने बताउँछन् । आफ्नो खुट्टालाई जति असर परेपनि उभिराख्ने अभियन्ता श्रेष्ठ बताउनुहुन्छ ।
साना व्यवसायीहरु भने फुटपाथमा व्यापार गर्न नपाइने नियम लागू गरी आफुहरुको रोजी रोटी खोसेको भन्दै आक्रोशित बनेका छन् ।
काठमाडौं नगरपालिकाले साना व्यवसायीहरुलाई फुटपाथमा व्यवसाय गर्न रोक लगाएतापनि बैकल्पिक व्यवस्था गरेको खण्डमा महानगरको अभियानले पनि सार्थकता पाउने र उनीहरुको रोजीरोटी पनि जोगिने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्