Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


चीन भ्रमण आशा गरेभन्दा बढि सफल भयो : प्रधानमन्त्री दाहाल


390
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि सफल भएको दाबी गर्नुभएको छ ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सोचेभन्दा सफल भएको दाबी गर्नुभएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ र चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू भएको भन्दै उहाँले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पनि बताउनुभयो । विगतमा सञ्चालन रहेका सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठुला सबै नाकाहरू छिट्टै खुल्ने उहाँको दाबी थियो ।

अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देख्दा खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूतलाई आग्रह गर्नुभयो ।

Skip This