२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


राष्ट्रिय सभाको बैठक एक साता पर सर्‍यो


130
Shares

काठमाडौं । असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै असोज १२ गते शुक्रबार १ बजेर १ मिनेटमा बस्नेगरी तय भएको बैठक विशेष कारण असोज १८ गते बिहिबार सोही समयमा बस्नेगरी निर्धारण गरिएको जानकारी दिनु भएको हो ।

सूचनामा राष्ट्रिय सभाका अध्यक्ष गणेप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक १८ गते १ बजेर १ मिनेटमा बस्नेगरी निर्धारण गर्नुभएको उल्लेख छ ।