२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एसियाली खेलकुद बक्सिङमा थापाको जित


22.022k
Shares

काठमाडौं । एसियाली खेलकुदको बक्सिङमा नेपालका रबिन थापाले जित निकालेका छन् ।

पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई हराएका हुन् ।

राउन्ड अफ ३२ को खेलमा रबिनले डियोलाई ४–१ ले हराएका हुन् । नेपालकी मनीता श्रेष्ठ, प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।

महिला ५७ केजीमुनि मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसंग पराजित भए ।

पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई पराजित गरे ।