१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर


1.027k
Shares

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

श्रेष्ठले ४ करोड ४५ लाख रुपैयाँ बराबर गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत हुँदै सचिव भएर अवकाश भएका थिए । पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित सरकारमा मन्त्री थिए ।

उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।