Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन


65
Shares

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ ।

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो ।

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिनुभयो ।

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले बैठकमा दिएको जानकारी दिनुभयो ।

आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ ।

Skip This