२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


संघीयता कार्यान्वयमा संघीय शासक वर्गले ध्यान दिनु पर्नेमा राष्ट्रपति पौडेलको जोड


91
Shares

जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयमा संघीय शासक वर्गहरुले ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ ।

आज जनकपुरमा महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले स्थानीय तह र प्रदेशलाई अधिकार बाँडफाँडमा संघीय सरकारले कन्जुस्याईं गरेका कारण संघीयता र संविधान कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । साथै उँहाले स्थानीय तह र प्रदेशले अझै पनि अधिकार पाउन नसकेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रियताको मूलजरा मधेशमा रहेको कुरा सिंहदरबारमा बस्नेहरुले बुझ्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई अधिकार नदिइएका कारण संघीयता अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । यसअघि राष्ट्रपति पौडेलले आज बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो ।