Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


चीनमा जारी १९ औं एशियन गेम्समा नेपाली महिला फुटबल टोली भियतनामसँग २–० गोलले पराजित


1.7k
Shares

काठमाडौं । चीनमा जारी १९ औं एशियन गेम्समा नेपाली महिला फुटबल टोली पराजित भएको छ ।

भियतनामसँग नेपाल २–० गोलले पराजित भएको हो । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरेर मा गोलरहित बराबरीमा सकाएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो ।

दोस्रो हाफमा भियनामले स्तरीय खेल प्रस्तुत गर्दै दोस्रो हाफको सुरुको १० मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो । खेलको ६४ र्औं मिनेटमा भियनामले दोस्रो गोल थपेको थियो । अब नेपालले दोस्रो खेल सोमबार जापानसँग खेल्ने छ ।