काठमाडौं । आईसीसी अन्डर नाईन्टिन (यू–१९) विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्ने भएको छ ।
आगामी सन् २०२४ को जनवरी १३ देखि खेल सुरु हुने छ । यस्तै दोस्रो खेलमा नेपालले जनवरी १७ मा पाकिस्तानसँग खेल्नेछ भने नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग जनवरी २० तारिखमा खेल्नेछ ।
श्रीलङ्कामा हुने आईसीसी अन्डर नाईन्टिन विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ सम्म चल्नेछ । १९ वर्षमुनिको विश्वकपमा १६ वटा देश सहभागी हुने देशलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ए मा साविक विजेता भारतसहित बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् ।
त्यस्तै समूह ’बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ’सी’ मा अस्ट्रेलिया, आयोजक श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । समूह ’डी’ मा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्