५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता


1.183k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि दोस्रो पटक अमेरिका भ्रमणमा जानु भएका जेलेन्स्कीले ह्वाइट हाउसमा बाइडेनसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी बहादुरीको प्रशंसा गर्दै अमेरिका सधै युक्रेनको साथमा रहने आश्वसन दिनुभएको थियो । अमेरिकाले युक्रेनलाई १२ करोड ८० लाख अमेरिकी डलर बराबरको थप हतियार सहयोगको घोषणा गरेको ह्वाइट हाउसका सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।

जेलेन्स्कीको भ्रमण यस्तो बेलामा भएको छ जतिबेला अमेरिकी संसदले आगामि बजेटमा सहमति जुटाउन सकिरहेको छैन ।