Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


शिक्षकसँगको छलफल आज निष्कर्षमा पुग्छ : कानूनमन्त्री गुरुङ


2.6k
Shares

काठमाडौं । सरकारले आन्दोलित शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल सुरु गर्ने बताएको छ ।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गर्नुभएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आज बस्ने तेस्रो चरणको वार्तापछि समस्या समाधान हुने बताउनुभयो । उहाँले आज छलफल निस्कर्षमा पुग्ने बताउनुभयो ।

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता जारी छ । यसअघि बिहीबार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू बुधबार यता आन्दोलनमा छन् ।