काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् ।
बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन् ।
पहिलो दिनको बैठकपछि बोल्दै नेता मिनबहादुर विश्वकर्माले महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव आएको पेस भएको बताउनुभयो । उहाँले अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको पनि नेता विश्वकर्माले बताउनुभयो । उहाँले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गर्नुभएको बताउनुभयो ।
कंँग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्