२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नवपरासीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता


182
Shares

नवपरासीमा । संविधान दिवसको अवसरमा मंगलबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जितेको छ ।

संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिको टोलीले कर्मचारीको टोलीलाई ४–३ को गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

प्रतियोगितामा जिल्ला समन्वय प्रमुख, पालिका प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चार वटै सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र पत्रकारहरुले सहभागिता जनाएका थिए ।