Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


वडामा हुने विकास निर्माणको जिम्मा महिलालाई


0
Shares

झापा । झापाको हल्दिवारी गाउँपालिकाले सवै वडामा हुने विकास निर्माणको जिम्मा महिलालाई दिएको छ ।

‘हल्दिवारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ गाउँपालिकाले नीति तथा कार्यक्रम नै ल्याएर महिलाकै अध्यक्षतामा २७ वटा टोल विकास संस्था गठन गरी विकासमा अघि सारेको हो ।

मुलुकमा नै पहिलोपटक गाउँपालिकाको विकासको सम्पूर्ण जिम्मा महिलालाई दिएको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले दाबी गरे ।

टोल विकास संस्थामा सबै सदस्य महिला मात्र छन् । टोलटोलमा हुने बाटोघाटो निर्माणदेखि लिएर सबै विकासको कामको अगुवाई अब महिलाकै नेतृत्वमा हुने र सो काममा पुरुषको पनि महत्वपूर्ण साथ रहने अध्यक्ष लिङ्देनले बताए ।

महिलालाई सक्षम बनाउन र विकासमा सहभागी गराउन गाउँपालिकाले यस्तो काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।