
सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ १ गते उद्घाटन गरिएको डायलायसिस सेवा अझै पूर्ण रुपमा संचालनमा आउन सकेको छैन ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजविराज पुगेर निकै तामझामका साथ सेवाको उद्घाटन गरेका थिए ।
सेवा उद्घाटन भएको तीनसाता वितिसक्दा पनि अस्पतालमा जडान गरिएको चारमध्ये दुई वटा डायलायसिस मेसिन अझै संचालन हुन नसकेका हुन् ।
तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा अञ्चल अस्पतालमा ल्याइएका ४ मध्ये २ वटा डायलायसिस मेसिनमा प्राविधिक गडबडी देखिएका कारण सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ ।
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले मेसिन संचालन हुन नसक्दा १५ जना विरामीलाई वेटिङ लिष्टमा राख्नुपरेको बताए ।
हाल संचालनमा रहेको दुई वटा मेसिनबाट ७ जना विरामीलाई नियमित डायलायसिस सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्