काठमाडौं । इ-सेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश“ अभियान यस वर्ष पनि सुरू गरेकाे छ ।
कम्पनीले डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउने मध्ये एक जनालाई फेरि पनि काठमाडौंमा घर उपलब्ध गराउने भएको छ ।
स्थापना कालको छोटो समयमै वैधानिक माध्यमबाट संसारका २ सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी दाबी गरिएको इ-सेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन– “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएका जनाएको छ ।
इ-सेवा मनि ट्रान्स्फरले आइतबार ललितपुरमा यस अभियान अन्तर्गत फेरि पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको हो । यो अभियान असोज १, २०८० बाट सुरु भएर असार ३१, २०८१ सम्म जारि रहने, कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको बताइएको छ ।
साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्