३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत


221
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनुभयो ।

मन्त्री महतले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताउनुभयो । पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, मन्त्री महतले नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले वित्त नीति तय गर्दा वित्त व्यवस्था र खर्च प्रणालीलाई प्रभावकारी बनाउनेगरी गर्नुपर्ने बताउनुभयो ।

मन्त्री महतले सरकारले बजेटमा धेरै सुधारका प्रश्तावहरु पेश गरेको बताउनुभयो । देशमा लगानीको वातावरण बढाउने र बजारमा पुँजि प्रवाह गर्ने लक्ष्य साथ काम गरिरहेको उहाँले बताउनुभयो ।