काठमाडौं । वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले युवाहरुलाई विदेश जानबाट रोक्नको लागि सरकारले स्थानीय छाला जुत्ता उद्योगको संरक्षण र सवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार नेपाल छाला जुत्ता उत्पादक संघको १३ औं वार्षिक साधरण सभामा बोल्दै मन्त्री महर्जनले यस्तो बताउनुभएको हो ।
मन्त्री महर्जनले नेपालमा रोजगारी नहुँदा नेपाली युवाहरु विदेश जान बाध्य भएको बताउनुभयो । छाला जुत्ता उत्पादकहरु उद्यमीको रुपमा आएको अवस्थामा धेरै युवाहरुले रोजगारी दिएपनि संरक्षण नहुँदा समस्या आएको महर्जनको जिकिर छ । मन्त्री महर्जनले सरकारले छालाजुत्ता उद्योगलाई संरक्षण र सवर्द्धन गर्न नसके नेता र मन्त्रीहरु बोल्दै जाने युवाहरु विदेशी जाने क्रमलाई नरोकिने बताउनुभयो ।
उहाँले छाल जुत्ता उद्योगलाई संरक्षण र सवर्द्धन गर्न आश्वयक छ भन्ने तर सरकारले काम नगर्दा समस्या रहेको बताउनुभयो । सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गरी सरकारी कर्मचारी र नेपालीहरुले अनिवार्य स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गरे छाला जुत्ता उद्योग फस्टाउन सक्ने उहाँको भनाई छ । उहाँले पुख्यौली पेशाबाट उद्योगीमा परिवर्तन भएको भन्दै यस्ता उद्योगको संरक्षण र संर्वद्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
मन्त्री महर्जनले छाला जुत्ता उत्पादनको लागि ८० प्रतिशत मजदुरहरु बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई सहजिकरण गर्न वागमती प्रदेश सरकारले छाला जुत्ता उत्पादन तालिमको व्यवस्था गरी कामदार वृद्धि गर्ने प्रतिवद्धता जनाउनुभयो ।








प्रतिक्रिया दिनुहोस्