इलाम । इलामको देउमाई नगरपालिकाको गाग्रेभञ्ज्याङ बेलासे हुँदै बिर्तामोड पुग्ने सडकखण्डको १० किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।
गत वर्ष मात्र ग्राबेल भएको सो सडकको गाग्रेभन्ज्याङदेखि जितपुर नवमीसम्मको खण्ड कालोपत्रे हुने भएको हो ।
यसका लागि प्रदेश नम्बर १ सरकारले ५ करोड रकम विनियोजन गरेको देउमाई नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष प्रेम बरालले जानकारी दिए ।
मंगलबारेबाट बिर्तामोडसम्म १ सय १० किलोमिटर यात्रा तय गर्ने गरेका पश्चिमी इलामका वासिन्दालाई यो सडक निर्माणले ५० किलोमिटर दुरी घटाउने छ ।
इलामको मध्य पश्चिमी क्षेत्रका जनताले बढी अपेक्षा गरेको यो सडकले तराई जोड्ने भएपछि व्यापार व्यवसाय गर्नसमेत सहज हुने स्थानीय बताउँछन् ।
डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनामार्फत सम्पन्न ग्राभेल सडक कात्तिक मसान्त लगत्तै कालोपत्रे काम सुरु हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्