काठमाडौं । यस वर्षको युएस ओपन टेनिसको उपाधि सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित फ्लसिङ मिडोजमा आज बिहान भएको फाइनलमा अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रोलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
डेल पोट्रो विरुद्धको खेल जोकोभिचले ६–३, ७–६ र ६–३ को सोझो सेटमा जिते ।
जोकोभिचको यो उपाधि उनका लागि तेस्रो युएस ओपनको उपाधि हो भने समग्रमा १४ औं ग्राण्ड स्लाम उपाधि हो ।
जोकोभिचले अमेरिकी खेलाडी पिट साम्प्रासको १४ ग्राण्ड स्लाम उपाधिको रेकर्ड बराबरी समेत गरेका छन् ।
जोकोभिचको यो सफलतासँगै आधुनिक टेनिसको इतिहासमा सर्वाधिक सफल तिन खेलाडीको सूचीम उनी पनि थपिएका छन् ।
उनकै पुस्ताका रफाईल नदाल र अलिक पुराना रोजर फेडेरर सर्वकालिन महान टेनिस खेलाडीको सूचीमा उनीभन्दा अगाडि छन् ।
फेडेररले २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् भने नदालको नाममा १७ उपाधि रहेको छ ।








प्रतिक्रिया दिनुहोस्