
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको शुक्रबारको बैठकले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । नाम अनुमोदन हुनु अघि समितिमा आफ्ना
भावी योजना प्रस्तुत गर्दै शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताउनुभएको थियो । शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताउनु पनि बताउनुभएको थियो । अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्ने समेत बताउनु भयो ।
उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहनुभएको छ । उहाँलाई न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उहाँलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्