३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ढाकाकुमारसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ : सन्तोष परियार


1.781k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रिय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताउनुभएको हो । उहाँले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताउनुभयो । उहाँले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताउनुभयो ।

रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो । डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रिय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाउनुभएको थियो ।