५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


मोरक्को र लिबिया घटनामा इजिप्टले तीन दिने शोक मनाउने


1.703k
Shares

एजेन्सी । इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका बारण भएको ठूलो जनधनको क्षतिप्रति तीन दिने शोक घोषणा गरेको छ ।

मंगलबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलबार मोरक्को र लिबियामा भएको घटनाप्रति तीन दिने शोक मनाउने बताउनुभएको हो ।

सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरुप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशन दिनुभएको छ ।