Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


टिभिएस इलेक्ट्रिक स्कुटर बजारमा


2.9k
Shares

काठमाडौं । टिभिएस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ ।

टिभिएसको लागि नेपालको आधिकारिक बितरक जगदम्बा मोटर्सले नेपालमा प्रिमियम टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर भित्र्याएको हो ।

कम्पनीले नाडा अटो शोका अवसर पारेर बहुप्रतिक्षित मोडल सार्वजनिक गरेको जनाएको छ । क्लास लिडिङ पर्फमेन्सयुक्त आइक्युब गुणस्तरीय आरामदायी एवं सुरक्षित रहेको कम्पनीको दाबी छ ।

सार्वजनिक कार्यक्रममा टिभिएस मोटरका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत केएन राधाकृष्णनले कम्पनी सधै नयाँ प्रविधि अपनाउन अगाडि रहँदै अटोमोबाइल उद्योगमै नयाँ मापदण्ड खडा गर्दै आउन सफल भएको दाबी गर्नुभयो ।

जगदम्बा समूहका अध्यक्ष साहिल अग्रवालले लुक्स, निर्माण गुणस्तर, प्रविधि र क्षमताका कारण यो स्कुटर चाँडै नै नेपालीमाझ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।