३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


उपत्यकाका वौद्ध नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै


468
Shares

काठमाडौं । उपत्यकाका वौद्ध नेवार समुदायले पञ्चदान पर्व मनाईरहेका छन् ।

गुँला पर्व अन्तर्गत गुंलागा त्रयोदशी तिथिमा वौद्ध नेवार समुदायले पञ्चदान गर्ने चलन छ । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ ।

पञ्चदान पर्वको अवसरमा काठमाडौंको असनमा उदय समाजले भिक्षुहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सो समाजका अध्यक्ष डा रुपज्योतिले वौद्ध धर्ममा पञ्चदानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

काठमाडौंको स्वयम्भू महाचैत्यमा आज दान दिने र लिनेको ठूलो भीड लागेको छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ । आजकै दिन महाबौद्धबाट १ सय २० जना भिक्षुहरु भिक्षाटन गर्दै स्वयम्भूको भगवानपाउस्थित भुइखेल पुग्ने गर्दछन् ।