१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


मैत्रीपूर्ण फुटबलमा नेपाल म्यानमारसँग पराजित


8.411k
Shares

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।

आज म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो । म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन । विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ ।

नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेलेको हो । दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।