Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


वी.पी.स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहबिरुद्ध भ्रष्टाचार मुद्धा दायर


117
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहबिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले साहबिरुद्ध सोमबार बिषेश अदालतमा मुद्धा दायर गरेको हो । विज्ञान प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग साहले विद्युत महशुलवापतको रकम ३३ लाख २० हजार २२६ रुपैयाँ उठाई विद्युत महशुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ । साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

साहउपर बिगो ३३ लाख २० हजार २२६ रुपैयाँ दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद सजाय र जरिवाना मागदावी सहित विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।