
काठमाडौं । विश्वकप फुटबलको छनौट खेलको तयारीमा रहेको नेपालले आज म्यानमारसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्दैछ ।
दुईवटा अभ्यास खेलका लागि म्यानमार पुगेको नेपाली टोलीले पहिलो खेलमा बराबरी गरेको थियो । म्यानमारको यांगुनमा नेपाली समयअनुसार आज अपराह्न सवा ४ बजे खेल सुरु हुनेछ । गत शुक्रबार भएको खेल बराबरीमा रोकिएपछि दुवै टोली आज जित निकाल्ने दाउमा रहेका छन् ।
फिफा वरियतामा नेपाल एक सय ७५ र म्यानमार एक सय ६०औं स्थानमा छ । असोजमा लाओसविरुद्ध हुने विश्वकप फुटबलको एसियाली समुहको छनौट खेलको तयारीका लागि नेपाली टोली म्यानमार पुगेको हो । नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल असोज ३० गते लाओसमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्